बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो, एक जना घाइते

पालिका डायरी
१३ मंसिर २०७९
accident

काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

टोखा नगरपालिका-६ ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका-४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-४ कै २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ । कार्कीकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया