५,९३५ मत गन्न बाँकी, झलनाथ २,१९९ ले पछाडि

पालिका डायरी
११ मंसिर २०७९
५,९३५ मत गन्न बाँकी, झलनाथ २,१९९ ले पछाडि file photo

प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल निरन्तर पछाडि छन् । अहिलेसम्म नेकपा (एमाले)का उमेदवार महेश बस्नेतले खनालले भन्दा दुई हजार १९९ मत बढी पाएका छन् ।

निर्वाचन कार्यालय इलामले दिएको जानकारीअनुसार बस्नेतले २३ हजार ९५ मत ल्याएका छन् । खनालले २० हजार ८९६ मत प्राप्त गरेका छन् । कार्यालयका अनुसार अब पाँच ९३५ मत गन्न बाँकी छ ।

मतान्तरमा निरन्तर पछाडि परेपछि खनालले हिजो इलाममा पत्रकार सम्मेलन गरी गडबड भएको आरोप लगाउँदै परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया