हामीले अपेक्षा गरेअनुसार परिणाम आएन : प्रचण्ड

पालिका डायरी
९ मंसिर २०७९, १४:२९
हामीले अपेक्षा गरेअनुसार परिणाम आएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अपेक्षा गरे अनुसार परिणाम नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दै प्रचण्डले गठबन्धन दलहरू बैठक बसेर आजै समीक्षा गर्ने बताए ।

‘यो निर्वाचनमा जे भएपनि परिणामः सफल भएको छ । हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ । त्यसकारण परिणाम सुखदै भएको छ’ प्रचण्डले भने, ‘तर, हामीले परिणाम जस्तो अपेक्षा गरेका थियौं । त्यस्तो अली भएन । थोरै नसोचेका केही परिणाम भए ।’

आज बस्ने सत्ता गठबन्धनको बैठकमा चुनावी परिणामका विषयमा समेत छलफल हुने प्रचण्डले बताए । ‘यहाँ सकेर तुरुन्त काठमाडौं जाँदै छु । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । जस्तो परिणामको अपेक्षा थियो त्यस्तो देशैभरको परिणाम देखिएन । त्यस हिसाबले केही जरुरी गृह कार्य गर्नुपर्नेछ । त्यसपछि मात्रै गाउँगाउँमा गएर धन्यवाद भन्नेछौ’ प्रचण्डले भने ।

प्रतिक्रिया