चितवनमा भएको दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गयो, ५ जना घाइते

पालिका डायरी
६ मंसिर २०७९

काठमाण्डाै – चितवनमा बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।  ५ जना घाइते भएका छन् ।

राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया