३ दिन सार्वजनिक विदा
सरकारले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि तीन दिन सार्वजनिक विदा दिएको छ ।
मंगलबार बिहान गृह मन्त्रालयले एक सूचना जारी गर्दै २, ४ र ५ मंसिरमा विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा २ मंसिर देखि ५ मंसिरसम्म मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई विदा दिने निर्णय भएको उल्लेख छ ।
प्रतिक्रिया