साढे ३५ करोडभन्दा बढी विद्युत विक्री गरेको चिलिमे जलविद्युतको नाफा करिब २१ करोड

पालिका डायरी
२८ कार्तिक २०७९, ११:५८
साढे ३५ करोडभन्दा बढी विद्युत विक्री गरेको चिलिमे जलविद्युतको नाफा करिब २१ करोड OLYMPUS DIGITAL CAMERA

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामा रू. २० करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव १४ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २० करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ३५ करोड ५८ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १ दशमलव १८ प्रतिशत बढी भएको हो । सञ्चालन नाफा घटेपनि वित्तीय आम्दानी बढेकाले कम्पनीको खुद नाफा बढ्न सहयोग मिलेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ३ दशमलव २१ प्रतिशत कम रू. २२ करोड ८३ लाख सञ्चालन नाफा गरेको छ । गत वर्ष रू. २ करोड ५२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ९१ लाखभन्दा बढी यो आम्दानी गरेको छ ।

७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार पुगेको छ । रिटेन्ड अर्निग भने गत वर्षभन्दा करिब ५ प्रतिशत कम रू. ३ अर्ब ८३ करोड २६ लाख कायम भएको छ । प्रतिशेयर आम्दानी रू. १२ दशमलव १९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ७७ रहेको छ ।

प्रतिक्रिया