डिना र सिंहको वडामा थापा आक्रमक , नेवार समुदायद्वारा सगुन खुवाएर भब्य स्वागत

पालिका डायरी
२३ कार्तिक २०७९, १८:०३

हेटौंडा / नेकपा एमालेतर्फका मकवापुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ का उम्मेद्वार कमल थापा गठबन्धनतर्फका उम्मेद्वार महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका उम्मेद्वार सिंहको वडामा आक्रमक रुपमा अघि बढेको छ ।

डिना र सिंहको वडामा थापा आक्रमक , नेवार समुदायद्वारा सगुन खुवाएर भब्य स्वागत

सत्ता गठबन्धनलाई कठपुतलीको संज्ञा दिदै एमालेबाट उम्मेद्वार बनेका थापा आफु एमालेको मतले विजयी हुने बताउँदै मतदाता भेटघाटलाई तिब्रता दिदै आएका हुन् ।

डिना र सिंहको वडामा थापा आक्रमक , नेवार समुदायद्वारा सगुन खुवाएर भब्य स्वागत
बुधवार नेवार समुदायका बाहुल्यता रहेको हेटौंडा –२ मा थापा र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार एकलाल श्रेष्ठलाई त्यहाँका नेवारहरुले ‘सगुन’ खुवाएर भव्य रुपमा स्वागत गरेका थिए । सबैभन्दा धेरै नेवार समुदाय बस्ने २ नम्वर वडामा थापा र श्रेष्ठलाई स्वागत गर्दै त्यहाँका नेवारहरुले एमालेका उम्मेद्वारहरुलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया