हेटौंडाकी मेयर ‘साप’को रिसको पारो, घरजग्गा व्यवसायीलाई ‘सहनै गाह्रो’
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले सेवाग्राहीलाई अभद्र ब्यवहार गरेको बाहिरीएको छ । आइतबार मकवानपुर घरजग्गा व्यवासयी संघका अध्यक्ष ध्रुब घिमिरे र सल्लाहाकार हेम अधिकारीले आफुलाई मेयर लामाले अभद्र ब्यवहार गरेको बताएका हुन् ।
हेटौडा उपमहानगरभित्रका जग्गा बर्गिकरण सम्बन्धी निर्णय कार्यन्वयनका गर्न माग राख्दा मेयर लामाले ‘चुनाव अगाडी म गर्दिन, धम्क्याउन आएको हो, के लोपार्छस् लोपार’ भन्दै अभद्र ब्यवहार गरेको अध्यक्ष घिमिरेले बताए ।
घिमरेका अनुसार मेयर लामाले मलेशियाबाट आएपछि जग्गा बर्गिकरण गरेर मालपोत र नापी कार्यालयमा पत्राचार गर्ने बताएकी थिइन् । लामाले पटक–पटक काम आलटाल गरेपछि काम किन भएन ? भनेर बुझ्न उनीहरु उपमहानगरपालिका पुगेका थिए ।
त्यस्तै घरजग्गा व्यवसायी संघ मकवानपुरले विज्ञप्ती जारी गर्दै मेयर लामाबाट भएको अपशब्दसहितको अभद्र व्यवहारको भत्सना गरेको छ । अमानविय र आपत्तिजनक व्यवहारलाई लामाले सच्याउँदै क्षमायाचा नगरे आन्दोलन गर्ने चेतावनी समेत घरजग्गा व्यवसायी संघले दिएको छ ।
उता मेयर लामाले आफुले उनीहरुमाथि कुनै किसिमको अपशब्द अभद्र ब्यवहार नगरेको दाबी गरिन् । निर्वाचन आचारसंहिताको कारण जग्गा बर्गिकरणको कुनै काम गर्न नमिल्ने उनले बताइन् । ‘यो जग्गाको केशमा आचारसहिता लाग्छ, भन्दा कुरा बुझ्नु भएन, सामान्य भनाभन मात्रै भएको हो’ उनले भनिन् ‘मैले कुरा बुझाए, उहाँहरुले कुरा बुझ्नुभयो, त्यस्तो नराम्रो केहि भएको छैन ।’
सरकारले देशभरको ७५३ वटै स्थानीय तहमा जग्गा बर्गिकरण गरेर मात्रै विक्री बितरण गर्न पत्राचार गरेको थियो । यसकारण सर्वसाधारणले आफुसंग भएको मध्ये केही अंश जग्गा विक्री गर्न समेत पाएका छैनन । त्यसको अवधि आगामी मंसिर २१ गतेसम्म रहेको छ । निर्वाचन सकिएपछि घरजग्गाको काम गरिने लामाले बताइन् ।
प्रहर खबरबाट साभार