सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

पालिका डायरी
२० कार्तिक २०७९, १३:५५
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो । अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया