सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ । यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया