‘नाे नट अगेन’ समेतका फेसबुक पेज/ग्रुप हटाउन आयोगको निर्देशन

पालिका डायरी
८ कार्तिक २०७९
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

निर्वाचन आयोगले उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री प्रकाशन गरेकाे भन्दै फेसबुक पेज/ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

आज मङ्गलवार एक विज्ञप्ति निकालेर आयाेगले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नाे नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपबाट प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको आयाेगले जनाएकाे हाे ।

झुटा फेसबुक पेज/ग्रुप बनाएर नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

यी कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै झुटा फेसबुक पेज/ग्रुप हटाउन पनि आयाेगले सचेत गराएकाे छ ।

प्रतिक्रिया
Nirbachan_aayog