शेयर बजार आज पनि घट्यो, ५१ कराेड रुपैयाँमा खुम्चियाे काराेबार रकम

पालिका डायरी
३१ आश्विन २०७९, १७:०१
अन्दोलन गर्दै सेयर बजारका लगानीकर्ता, भन्छन्,‘डुब्यो करोडौँ लगानी’

शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै १० अंकले घटेको शेयर बजार आज दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक घटेकाे दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया