सुन र चाँदीको मूल्य फेरि घट्न थाल्यो

पालिका डायरी
२५ आश्विन २०७९, १३:१२
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनचाँदीको भाउ मंगलवार पनि घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । सुनको भाउ सोमवार पनि घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । सोमवार भने सुन तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । दशैं विदापछि आइतवार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । दशैंपछि खुलेको बजारमा सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी यो दिन अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ४२ पैसा र विक्री दर १३२ रुपैयाँ २ पैसा रहेको छ।

मंगलवार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६६३ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया