नेपालमा डलरको मूल्यमा नयाँ रेकर्ड

पालिका डायरी
२३ आश्विन २०७९

हेटौंडा / नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतवार एक डलरको बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

आज डलरको खरिद मूल्य भने १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । विश्वभर नै अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालमा पनि असर देखिएको हो ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई पनि यो समय उपयुक्त हुने अर्थविद्हरुले बताएका छन् ।

प्रतिक्रिया
us_dollar_DbhKOPDgMk