बाल मन्दिरमा संरक्षित बालवालिकालाई अध्यक्ष लामाले दिए आर्षिवाद

पालिका डायरी
१९ आश्विन २०७९, ११:२०

हेटौंडा / भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र बाल संगठनको जिल्ला अध्यक्ष अशोक सारु मगर बाट आज भीमफेदी स्थित बाल मन्दिरमा संरक्षित बालबालिकाहरुलाई दसैंको टिका लगाई आषिर्वाद प्रदान गरिएको छ ।

आज बिजयादशमीको दिन विभिन्न कारणले अभिभावक बिहिन भएर बाल मन्दिरमा संरक्षत भएर बसेका बालबालिकालाई गाउँपालिका अध्यक्ष हिदम लामा र बाल सगठन जिल्ला अध्यक्ष असोक सारु मगर भीमफेदिमा रहेको बाल मन्दिरमा पुगेर छिका लगाई आशीर्वाद दिएका हुन । कार्यक्रममा भीमफेदी गाउँपालिका ४ नम्बरका वडा अध्यक्ष सागर पाण्डे लागाएत अन्य सहयोगी ब्यक्तिहरुको उपस्थित रहेको स्थानिय युवा बादल सिल्वालले जानकारी दिए ।

प्रतिक्रिया