मकवानपुरको भीमफेदीमा फेरी सवारी दुर्घटना, १० जना घाइते

पालिका डायरी
९ आश्विन २०७९
accident

हेटौंडा / मकवानपुरको भीमफेदीमा बस पल्टीएर दुर्घटना भएको केही दिनमानै फेरी भीमफेदीमा सवारी दुर्घटना भएको छ । भीमफेदीमा सुमो सडकबाट भित्ता तर्फ पल्टँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । भीमफेदीका केही दिन अगाडी मात्र बस सडकबाट तल खस्दा ७ जनाको मृत्यु भएको थियो भने २५ जना यात्रु घाइते भएका थिए ।

आइतबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्वरको सुमो भीमफेदी–६ सिमल्टारमा अनियन्त्रित दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ । घाइते सबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया