कलाकार बुद्धि तामाङले मकवानपुरकी अनुसँग विवाह गर्दै

हेटौंडा / चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनी मकवानपुरकी अनु थिङ तामाङसँग विवाह बन्धनमा बाँधिने भएका हुन् ।
अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धि र अनुबीचको विवाह तामाङ परम्पराअनुसार शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ ।
बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् ।
प्रतिक्रिया