चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थाले, थप एक जनाको ज्यान गयो

पालिका डायरी
३ आश्विन २०७९, १४:२५

हेटौंडा / चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थालेका छन् । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका १० जनामध्ये दुई जनाको ज्यान गएको छ ।

पछिल्लो पटक ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसअघि माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धाको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापनिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुन सक्ने जनाएको छ ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा याे रोग सर्ने गर्छ । जापनिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, कहिलेकाहीँ बेहोस हुने जस्ता लक्षण देखिन्छ ।

प्रतिक्रिया