निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नै बयानमा हस्ताक्षर नगरेपछि….

पालिका डायरी
३१ भाद्र २०७९
जबराको प्रतिप्रश्न - 'असार २८ पछि के गरेँ र महाभियोग आयो ?'

काठमाडौँ / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियाेग सिफारिस समिति समक्ष आफैले दिएको बयानमा हस्ताक्षर नगर्ने भएपछि समितिकाे कारबाही लम्बिएकाे छ ।

बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएपछि समितिकाे कारबाही लम्बिएकाे हाे ।

समितिका सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताए पनि हस्ताक्षर गर्न दिने बेला उनले नमानेका हुन् ।

उनले हस्ताक्षर गर्न नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

समिति बैठक अहिले ४५ मिनेटका लागि रोकिएको छ ।

प्रतिक्रिया
cholendra samsher jabara