५ दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

पालिका डायरी
३१ भाद्र २०७९, ११:४८
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको छ।

लगातार ५ दिनदेखि सुनको मूल्य ओरालो लागेको छ। हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। समग्रमा यो साताभरि सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया