सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्था को २२ औं वार्षीक उत्सव सम्पन्न

पालिका डायरी
२९ भाद्र २०७९
सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्था को २२ औं साधारण सभा सम्पन्न

हेटौंडा / भीमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटेमा रहेको श्री सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्था को २२ औं वार्षीक उत्सव  विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

सहकारीको अध्यक्ष चन्द्रकला सुनुवारको अध्यक्षतामा भएको कायक्रममा ५५ जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो । आज भएको वार्षीक उत्सव कार्यक्रमको अवसरमा अविवाहित एकल महिला सम्मान तथा सम्भावित सदस्य अन्तरक्रिया कार्यक्रम पनि गरीएको सहकारीका ब्यवस्थापक सानुकान्छी सिंजालि मगरले बताइन् ।

सिंजालीका अनुसार नयाँ सदस्य बन्न तयार भएका दिदीबहिनीहरुका लागी सहकारिको वारेमा अन्तरक्रिया गरियको थियो बार्षीक उत्सव कार्यक्रममा सहकारीका पाँच जना एकल महिलाहरुलाई सम्मान गरिएको ब्यबस्थापक सिंजालीले बताइन् ।

प्रतिक्रिया