मकवानपुर र बाराको सिमाना चुरियामा पेट्रोल ट्याङकर दुर्घटना

पालिका डायरी
१८ भाद्र २०७९, १७:२७
accident

हेटौंडा /  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर ओरालोमा तेल ट्याङकर पल्टिएको छ।

शनिबार बिहान पेट्रोल बोकेर हेटौंडा तर्फ आउदै गरेको ना ४ ख ४१ ५९ नम्बरको पेट्रोल ट्याङकर दुर्घटना भएको हो। ट्याङकर जीतपुर सिमारा-२३ चुरियामाई उकालो चढ्ने क्रममा ब्रेक फेल भएर सडकखण्डको पश्चिम तर्फ खहरेमा पल्टिएको छ। ट्याङकरमा पेट्रोल रहेकोले घटनास्थलमा नेपाल आयल निगम अम्लेखगञ्जको दमकल राखेर ट्याङकर उठाउने काम भइरहेको छ।

पल्टिएको ट्याङकरबाट पेट्रोल चुहावट भइरहेकोले सुरक्षित तरिकाले प्राविधिकको सहयोगमा उद्धार कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जले जनाएको छ।दुर्घटनामा मानवीय क्षेत्री भने नभएको प्रहरीले जनाएको छ। चालक र सहचालक हामफालेर बाच्न सफल भएको अम्लेखगञ्ज प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया