यो हप्ता सुनको भाउ समग्रमा २ हजार १ सय रुपैयाँले घट्यो

पालिका डायरी
१७ भाद्र २०७९, १२:०२
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

यो हप्ता सुनको भाउ समग्रमा दुई हजार एक सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ९५ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ अन्तिम दिन आज ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तोकिएको भाउ हिजोको भन्दा एक सय रुपैयाँले सस्तो हो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिएकाले भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले सुनको भाउ घटबढ हुनुमा कुनै कारण देखिएको छैन ।

यस्तै, यो हप्ता चाँदीको भाउ पनि घटेको छ । समग्रमा चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको एक हजार एक सय ६० रुपैयाँ रहेको चाँदी आज एक हजार एक सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया