डलरभन्दा सस्तो भयो युरो, डलरको भाउ १२८ रुपैयाँ ९ पैसा हुँदा युरोको कति?

पालिका डायरी
१३ भाद्र २०७९, १२:२३

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ २ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १४९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३३९ रुपैयाँ ७९ पैसा तोकिएको छ।

प्रतिक्रिया