अभिनेता विपिन कार्कीविरुद्ध उजुरी
![अभिनेता विपिन कार्कीविरुद्ध उजुरी](https://www.palikadiary.com/wp-content/uploads/2022/08/Bipin-Karki-1.jpg)
काठमाडौं / अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् ।
प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।
कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् ।
प्रतिक्रिया