पूर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

पालिका डायरी
१० भाद्र २०७९
पूर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

पाकिस्तानको प्रति आतङ्कवाद अदालत (एटीसी) ले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न आदेश दिएको छ ।

खानविरुद्ध गएको हप्ता महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

इजलासले खानलाई एक लाख धरौटीमा जमानत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खान आउँदो सेप्टेम्बर १ मा अदालतमा हाजिर हुनुपर्नेछ । खान अदालतमा उपस्थित हुँदा समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया