राष्ट्रियसभाबाट प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

पालिका डायरी
६ भाद्र २०७९, १४:५५

राष्ट्रिय सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

 

सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदीप गिरीको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित  गरेको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा नेता गिरीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। अर्को बैठक भदौ १२ गते अपरान्ह १ बजे बस्ने भएको छ।

यस्तै, आज बसेको प्रतिनिधि सभा बैठकले पनि गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

उपचारका क्रममा गिरीको शनिबार राति निधन भएको थियो उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया