चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा मरे
मुगुमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हाे । चट्याङ लागेर साेही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् ।
भेडा चराइरहेको बेला एक्कासि चट्याङ लागेर कुमाइको मृत्यु भएको छायाँनाथ रारा नगरपालिका–११ की वडाध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् ।
उनकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु ल्याइएकाे मुगुका प्रहरी प्रमुख डीएट्ठपी सुवास हमालले जानकारी दिए । त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँको खानीखर्कमा चट्याङ लागेर ५० बाख्रा र दुई गाइ मरेका छन् । चट्याङ लागेर छक्क कार्की र लुड्प्या महताराका ५० बाख्रा र दुई गाइ मरेका सर्केगाड गाउँपालिका– २ हुम्लाका वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए ।
प्रतिक्रिया