अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा करेन्ट लागेर बाबु र छोराको ज्यान गयाे

पालिका डायरी
४ भाद्र २०७९, ११:३८

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको ज्यान गएकाे छ ।

करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जकाे नर्सिङ होममा उपचारको क्रममा ज्यान गएकाे थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

प्रतिक्रिया