महिनाको पहिलो दिन सुन–चाँदीको भाउ कति ?

पालिका डायरी
१ भाद्र २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

भदौ १ गते अर्थात् बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य