दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या पश्चात मोटरसाइकलमा शव बोराभित्र राखी भारत लगि छोडे

पालिका डायरी
२९ श्रावण २०७९

बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् । प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साईकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका–१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगि छोडेको पटेल दाजुभाईले स्वीकारेका थिए ।

उनीहरुले शवलाई ना।३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पु¥याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर ९कर्तव्य ज्यान ० मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया