बागमती प्रदेशमा बढ्दै सडक दुर्घटनाको ग्राफ

पालिका डायरी
२२ श्रावण २०७९, १५:३५

सुनिता विष्ट

 

हेटौंडा / बागमती प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेको छ । बर्षैपिच्छे सडक दुर्घटनाको संख्यामा बृद्धि भैरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । गत आर्थिक बर्ष २०७८/०७९ मा प्रदेशको उपत्यकाको तीन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुर बाहेक १० जिल्लामा १ हजार ७ सय ९८ सडक दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रदेश प्रहरीको अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटना भएको थियो ।

यसै तथ्यांकलाई तुलना गर्दा पनि बागमती प्रदेशमा सडक दुर्घटनाको ग्राफ सालैपच्छिे बढ्दै गइरहेको पाइएको छ । सडक दुर्घटनाबाट प्रदेशका १० जिल्लामा ४ सय १३ मानिसको मृत्यु भएको छ । जसमा ३ सय २६ पुरुष, ६२ महिला, १८ बालक र ७ बालिकाको मृत्यु भएको छ । त्यस्तै सडक दुर्घटनामा परेर १ हजार १२ जना गम्भिर घाइते भएका छन् । जसमध्ये ७ सय ३४ पुरुष, १ सय ८६ महिला र ९२ बालबालिका रहेका छन् भने २ हजार ९ सय ८३ साधारण घाइते भएका छन् । जसमध्ये १ हजार ९ सय ५६ पुरुष, ७ सय ५० महिला र २ सय ७७ बालबालिका दुर्घटनामा परेर सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक छ ।

कच्चि सडक र बढ्दो सवारी चापका कारण सडक दुर्घटनाको ग्राफ निरन्तर बढ्दै गइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता दीपक रेग्मीले बताए । उनका अनुसार सवारी साधनको संख्या पनि बढेको र सडकको स्तोरोन्नती पनि नभएका कारण समेत सडक दुर्घटनाको जोखिम बढिरहेको छ ।

कुन जिल्लामा कति ?
उपत्यका बाहेकका जिल्लाहरु मध्ये सबैभन्दा धेरै सडक दुर्घटना चितवन जिल्लामा भएको छ । गत आर्थिक बर्षको अवधिमा ७ सय १३ सडक दुर्घटनाको घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चितवनमा सडक दुर्घटनाबाट १ सय ३९ जनाको मृत्यु भएको छ । जसमा १ सय ६ पुरुष, २१ म्हिला र १२ बालबालिकाको मृत्यु भएको तथ्यांक छ । गम्भिर घाइतेको संख्या २ सय ५४ रहेकोमा १ सय ८० पुरुष, ४९ महिला, २५ बालबालिका रहेका छन् । त्यस्तै साधारण घाइते हुनेको संख्या ७ सय १३ रहेकोमा ४ सय ७१ पुरुष, १ सय ८४ महिला, ५८ बालबालिका सामान्य घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै मकवानपुरमा एक बर्षको अवधिमा ५ सय ७७ सडक दुर्घटना हुँदा ७० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ६३ पुरुष, ५ महिला र २ बालबालिकाको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष १ सय ५०, महिला २० र बालबालिका ११ गरी १ सय ८१ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । ५ सय ७७ साधारण घाइते भएकोमा पुरुष ३ सय ९२, महिला १ सय २५ र ६० बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सिन्धुलीमा एक बर्षको अवधिमा २ सय ९१ सडक दुर्घटना हुँदा ४४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ३८ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष १ सय २०, महिला २१ र बालबालिका १२ गरी १ सय ५३ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । ३ सय ९० साधारण घाइते भएकोमा पुरुष २ सय ७९, महिला ८२ र २९ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यस्तै रामेछापमा ३२ सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । जसमा १४ पुरुष, ८ म्हिलाको मृत्यु भएको तथ्यांक छ । गम्भिर घाइतेको संख्या १९ रहेकोमा १३ पुरुष, २ महिला र ४ बालक रहेका छन् । त्यस्तै साधारण घाइते हुनेको संख्या ७४ रहेकोमा ५० पुरुष, १९ महिला, ५ बालबालिका सामान्य घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशको दोलखामा एक बर्षको अवधिमा ४० सडक दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ५ पुरुषको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष २३ जना, महिला १३ र बालिका २ गरी ३८ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । ३६ जना साधारण घाइते भएकोमा पुरुष ३०, महिला ५ र २ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै काभ्रेमा १ सय ५१ सडक दुर्घटना हुँदा ४२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ३१ जना पुरुष, ६ महिला र ५ बालबालिको मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष ५२ जना, महिला १७ जना र बालबालिका ८ गरी ७७ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । २ सय ३७ जना साधारण घाइते भएकोमा १ सय ४५ पुरुष, महिला ७५ र १७ बालबालिका सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सिन्धुपाल्चोकमा ६७ सडक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १४ जना पुरुष, ५ महिला र १ बालककोे मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष २७ जना, महिला ११ र बालबालिका ३ गरी ३८ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । २ सय ४३ जना साधारण घाइते भएकोमा पुरुष १ सय २०, महिला ८३ र ४० बालबालिका साधारण घाइते भएका छन् । यस्तै नुवाकोटमा ८२ सडक दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १० जना पुरुष, ३ महिला र १ बालिकाकोे मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष ३५ जना, महिला १४ र बालबालिका ४ गरी ५३ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । २ सय २९ जना साधारण घाइते भएकोमा पुरुष १ सय ३६, महिला ६७ र २६ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेशको धादिङ्गमा २ सय ७२ सडक दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका छन् । जसमा ४३ जना पुरुष, ९ महिला र १ बालिकाकोे मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष १ सय २८ जना, महिला ३७ र बालबालिका २१ गरी १ सय ८६ जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । ४ सय ७७ जना साधारण घाइते भएकोमा पुरुष ३ सय ३०, महिला १ सय ९ र ३८ बालबालिका साधारण घाइते भएको तथ्यांक छ । त्यस्तै रसुवामा १३ सडक दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा २ जना पुरुष, १ महिला र १ बालिकाकोे मृत्यु भएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा पुरुष ६ जना, महिला २ र बालबालिका २ गरी १० जना सडक दुर्घटनामा गम्भिर घाइते भएका छन् । ६ जना साधारण घाइते भएकोमा पुरुष ३, महिला १ र २ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

 

प्रतिक्रिया