महाभियोग छलफलमाथि एमालेको आशंका- कुन इन्टेन्सनका साथ ल्याइयो?

पालिका डायरी
२२ श्रावण २०७९
महाभियोग छलफलमाथि एमालेको आशंका- कुन इन्टेन्सनका साथ ल्याइयो?

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागेको १ सय ७५ दिनपछि प्रतिनिधिसभामा भएको छलफलमा नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियतबारे प्रश्न उठाएको छ।

आइतबार बसेको बैठकमा एमाले सांसद नवराज सिलवालले ‘यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो?’ भन्दै प्रश्न गरे।

प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘‘आज यहाँ (प्रतिनिधिसभा) प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव छलफलमा लिएर आएको छ। यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो?’’

प्रतिनिधिसभाको आइतबारको बैठकबाट महाभियोगमाथि छलफल शुरु भएको छ। सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए। ९८ सांसदले हस्ताक्षर गरेर महाभियोग दर्ता भएको थियो।

प्रतिक्रिया