शिव मन्दिरमा जल चढाउन जाँदा करेन्ट लागेर १० जनाको मृत्यु

पालिका डायरी
१६ श्रावण २०७९, १३:३५
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

एजेन्सी / पश्चिम बङ्गालको कुचबिहारमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । १६ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जलपाईगुडी अस्पतालमा भर्ना गरिएको छ ।

मेखलीगञ्ज प्रहरी चौकी इलाकाको धरला पुलमा राति अबेर राति दुर्घटना भएको हो । पिकअपमा बसेर २७ जना कन्वरीया जल्पेशको शिव मन्दिरमा जल चढाउन गइरहेका थिए । पिकअपको पछाडि डीजे बजिरहेको बताइएको छ । जेनेरेटरको तारमा सर्ट भएर करेन्ट पिकअपमा पुग्यो ।

पिकअपमा चालक सहित २७ जना थिए । करेन्ट लागेर १० कन्वारियाको घटनास्थलमै मृत्यु भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ।

पिकअपमा करेन्ट आएपछि चालक फरार भएका थिए । सिताकुची प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएको छ । उनीहरु एक–एक गरेर पिकअपबाट तल खसे । मानिसहरूले थाहा पाउँदसम्म मृत्यु भइसकेको थियो। अन्य घाइते कन्वरियाको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेहरूलाई जलपाईगुडी अस्पताल लगिएको थियो ।

एजेन्सीको अनुसार आइतबार राति करिब १२ बजे दुर्घटना भएको हो । पिकअप जल्पेशतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका कन्वारियाहरूलाई पहिले नजिकैको चङ्गारबन्ध अस्पतालमा लगिएको थियो । जहाँबाट १६ जनाको अवस्था गम्भीर हुँदा जलपाईगुडीको अस्पतालमा रिफर गरिएको थियो। उनीहरु सबै सितलकुची प्रहरी चौकी इलाकाका बासिन्दा हुन् । दुर्घटनाको खास कारण खुल्नका लागि चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया