‘प्रेम गीत ३’ भारतमा पनि नेपाली नामबाटै रिलिज हुने

पालिका डायरी
१६ श्रावण २०७९, सोमबार ११:४२
‘प्रेम गीत ३’ भारतमा पनि नेपाली नामबाटै रिलिज हुने

‘विश्वजितम’ नामबाट भारतमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘प्रेम गीत ३’ नेपाली नामबाटै प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक सन्तोष सेनकाअनुसार फिल्मको नाम भारतमा पनि ‘प्रेम गीत ३’ नै रहने भएको छ।

‘पहिलो भारतीय–नेपाली फिल्म यहि नामबाट भारतमा पनि प्रदर्शन हुने भएको छ,’ उनले भने।

‘प्रेम गीत ३’को नाम परिवर्तन नहुने जानकारीसँगै फिल्मको निर्माण पक्षले यसको पोस्टर पनि सार्वजनिक गरिएको छ । तीन वटा पोस्टर सार्वजनिक गरिएकोमा सम्पूर्ण पोस्टरको केन्द्रमा अभिनेता प्रदिप खड्कालाई समेटिएको छ। सँगै एक पोस्टरमा अभिनेत्री क्रिष्टिना गुरुङ तथा मनिष राउत, शिव श्रेष्ठलगायतका कलाकारहरु देखिएका छन्।

हिन्दी र नेपाली भाषामा असोज ७ गते प्रदर्शनमा आउन लागेको ‘प्रेम गीत ३’लाई सन्तोषसँगै छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्मको निर्माण पक्षकाअनुसार ट्रेलर १ सेप्टेम्बरमा रिलिज गरिनेछ।

प्रतिक्रिया