अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण

पालिका डायरी
१५ श्रावण २०७९, आईतवार ११:२२

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण देखिएको छ ।

७९ वर्षीय राष्ट्रपति बाइडेनको शनिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बस्नुभएकाे खबरमा उल्लेख छ । उहाँलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उहाँले आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

गएको मङ्गलवार र शुक्रवारको बीचमा चार पटक परीक्षण गर्दा राष्ट्रपति बाइडेनको नतिजा नेगेटिभ आएको थियो । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया