अमेरिकाको केन्टकीमा भिषण बाढी, २५ जनाको मृत्‍यु

पालिका डायरी
१४ श्रावण २०७९
अमेरिकाको केन्टकीमा भिषण बाढी, २५ जनाको मृत्‍यु

अमेरिकाको केन्टकी प्रान्तमा विगत तिन दिनदेखी परिरहेको वर्षा र बाढीको कारण हालसम्म २५ जनाको मृत्‍यु भएको छ । केन्टकी गभर्नर एन्डी बेशियरलाई उध्रदत गर्दै अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार मृत्‍यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

भारी वर्षात र बाढीको कारण हाल सो क्षेत्रका २५ हजार भन्दा बढी घरहरुमा बिजुली बत्तीको आपुर्ती समेत रोकिएको छ । हाल त्यहाँका स्थानिय नदीहरुको बहाव अत्याधिक बढेको छ भने ५ हेलिकप्टर तथा सयभन्दा बढी डुङ्गाहरु परिचालन गरी हाल सो क्षेत्रमा नेश्नल गार्डले उद्दार कार्य गरिरहेका छन् ।

राष्ट्रिय मौसम विभागका अनुसार सो क्षेत्रमा अझै एक हप्तासम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । भिषण बाढीका कारण ज्यान गुमाउनेमा एकै परिवारका चार बालबालिका समेत रहेको मिडिया रिपोर्टमा उल्लेख छ । १ देखी ८ वर्ष उमेर समूहका ति बालबालिका गत २८ जुलाई देखी बेपत्ता थिए भने आज मात्र उनिहरुको शव बरामद भएको छ ।

प्रतिक्रिया