भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १५ जना घाइते, ३ जनाको अवस्था चिन्ताजनक

पालिका डायरी
८ श्रावण २०७९
भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १५ जना घाइते, ३ जनाको अवस्था चिन्ताजनक

काठमाडाैं /  भक्तपुरमा रुख ढलेर सडकमा गुडिरहेको बस र एउटा स्कुटरलाई किच्दा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र ६ जनाको गम्भीर मध्येपनि ३ जनाको अवस्था चिन्ताजनक भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख (एसपी) शिवकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले बताए । बा २ ख ३५८४ नम्बरको बस ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै थियो ।

प्रतिक्रिया