भारतको नयाँ राष्ट्रपतिको टुंगो आज लाग्ने

पालिका डायरी
५ श्रावण २०७९, १२:४६

भारतको १५ औं राष्ट्रपतिको टुंगो आज लाग्दैछ । १८ जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ ।

दुवै सदन र विधानसभा सदस्यहरुले गरेको मतदानको मतपेटिकाहरु यसअघि नै संसद भवन पुर्‍याइसकिएको छ । मत गणनाको मतपरिणाम आजै सार्वजनिक हुने छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही जुलाई २४ तारिखमा सकिंदै छ । त्यसैले नयाँ राष्ट्रपति पदको चयनका लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट द्रौपदी मुर्मु र विपक्षी दलको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् ।

राज्यसभाका २३३, लोकसभाका ५४३ र विधानसभाका ४ हजार ३३ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचन जित्न कूल मतभारको ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ ।

प्रतिक्रिया