वडाध्यक्षलाई पोखरीमा डुबाएको केस मिलाउने शर्तमा नगरसभा बैठक सम्पन्न

पालिका डायरी
३ श्रावण २०७९
वडाध्यक्षलाई पोखरीमा डुबाएको केस मिलाउने शर्तमा नगरसभा बैठक सम्पन्न

तिलोत्तमा नगरपालिकाको १२औँ नगर सभाको पाँचौँ बैठक सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हटाउने र वडाध्यक्षलाई पोखरीमा धकेल्ने प्रहरी अधिकृतलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएसँगै बैठक अगाडि बढेको थियो ।

मेयर रामकृष्ण खाँण र उपमेयर जागेश्वरी चौधरीले हिजो साँझ भएको छलफल र सहमतिपछि नगरसभाको बैठक बसेको थियो । सहमतिअनुसार न्यायिक समितिमा काँग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरू गठन गर्ने भनिएको हो ।

यसअघि उपमेयर चौधरीलगायत एमाले प्रतिनिधिहरू विषयगत समितिको चयन र बजेट एकै साथ लैजानुपर्ने अडानमा थिए । मेयर खाँण काँग्रेसबाट न्यायिक समितिमा प्रतिनिधि राख्ने सुनिश्चित नभएसम्म बजेट मात्रै पास गर्ने अडानमा थिए ।

 

प्रतिक्रिया