सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख २१ हजार कित्ता बिकेन

पालिका डायरी
३ श्रावण २०७९, १३:०१
सीवाईसी नेपालको आईपीओको बिक्री खुला

काठमाडौं / सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ सोमबार (साउन २ गते) बाँडफाँट भएको छ । कम्पनीले स्थानीयका लागि ३ लाख कित्ता सेयर निष्कासन गरेकामा १ लाख ७८ हजार ९४० कित्ता सेयर बाँडफाँट गरेको हो । यसआधारमा, १ लाख २१ हजार ६० कित्ताका लागि स्थानीयको आवेदन परेको छैन ।

स्थानीयले नकिनेको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ । कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।

रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धकको काम गरेको थियो ।

प्रतिक्रिया