एमालेको भुलभुलैयामा पर्दा घर न घाटको भइन्छ : माधव नेपाल

पालिका डायरी
३१ असार २०७९, १५:२५
एमालेको भुलभुलैयामा पर्दा घर न घाटको भइन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक जारी छ । बैठकमा अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित छन् ।

उक्त बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको भुलभुलैयामा पर्न नहुने बताए । उनले अहिले एमालेजनले आफूहरुमाथि ठूलो प्रहार गर्न छोडेको भन्दै आफूले पनि प्रहार नगर्ने बताए ।

उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,‘ अहिले एकएक कुराहरू मसिनोगरी हेरिरहेका छौँ । हामी कुनै पनि भुलभुलैयामा पर्नुहुँदैन । एमालेको भुलभुलैयामा पर्दा घरको न घाटको भइन्छ, त्यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगरौँ ।’

राजनीतिमा सबै कुरा आकलन गर्न नसकिने भएकाले बेलाबेला ठूलो ठक्कर खानुपर्ने र पछुताउनुपर्ने समेत हुने उनको भनाइ थियो । एमालेले गत गत स्थानीय निर्वाचनमा आफूहरूलाई कम आकलन गर्दा उसले ठूलो नोक्सानी बेहोर्नु परेको पनि उनले बताए ।

प्रतिक्रिया