साउदी अरबको एक क्लबले रोनाल्डोलाई अफर गर्‍यो ३० करोड युरोको डील

पालिका डायरी
३१ असार २०७९, १४:१७
साउदी अरबको एक क्लबले रोनाल्डोलाई अफर गर्‍यो ३० करोड युरोको डील

सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३० करोड युरोको डील अफर गरेको छ ।

यो डील रोनाल्डोले स्वीकार गरे भने फूटबल इतिहासमै सबभन्दा बढी तलब खाने खेलाडी बन्नेछन् । कुन क्लबले यो अफर गरेको भनी खुलाइएको छैन । तर रोनाल्डोले केही दिनअघि म्यानचेस्टर युनाइटेड छोड्न मन लागेको बताएका थिए ।

करीयरको अन्तिम चरणमा रहेका रोनाल्डोले च्याम्पियन्स लीगमा खेल्न इच्छा गरेका छन् र यस सीजनमा म्यानचेस्टर युनाइटेड सेलेक्ट नै भएन । रोनाल्डोले युनाइटेडका लागि प्रि सीजन ट्रेनिङ समेत नगरी परिवारसँग थाइल्यान्डमा छुट्टी बिताइरहेका छन् । तर युनाइटेडका कोच एरिक टेन ह्यागले रोनाल्डोसँग कुरा गर्ने र क्लबमै राख्ने बताएका छन् ।

प्रतिक्रिया