दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो

पालिका डायरी
२६ असार २०७९, १६:४१
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

डाेटी / सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानकाे ज्यान गएकाे छ ।

लडेर बेहाेस भएका अछामकाे मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजाे उपचारका क्रममा ज्यान गएको हाे ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस हुनुभएको थियो ।

लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उहाँलाई कोहलपुर रेफर गरिएको थियाे ।

प्रतिक्रिया