हेटौंडा स्थित मामाघरको सेवामा रहेकी परियारलाई ब्रेन स्ट्रोक,उपचारको लागि आर्थिक सहयोग गर्न अपिल

पालिका डायरी
२६ असार २०७९, १६:३८

हेटौंडा  / मकवानपुरको हेटौंडा-११ स्थित मामाघर नेपालको भान्सा सहयोगी ३९ वर्षीया कोपिला परियारलाई ब्रेन स्ट्रोक अर्थात मष्तिकघात भएको छ ।

आज बिहान अकस्मात बिरामी भएपछि हेटौंडा अस्पतालमा उपचार गराउँदा ब्रेन स्ट्रोक भएको जानकारी आएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले बताए । ‘मामाघरको भान्सा सहयोगी परियार बिहान अकस्मात बिरामी हुनुभयो र शरिरको एक भाग नचलेपछि हेटौंडा अस्पातल ल्याएर सिटी स्क्यान,एक्स–रे गर्यौ । संरक्षक पराजुलीले भने,ब्रेनमा रगत जमेको र भोली बिहानसम्म रगत नफाटेको अवस्थामा अप्रेसन गर्नुपर्ने डाक्टरले जानकारी दिनुभएको छ ।’

सडक बालबालिकाहरुको उद्दार, परामर्श,आवासीय सेवा सहित शिक्षा, स्वास्थ र पारिवारिक पुर्नस्थापना गर्दै आइरहेको मामाघर नेपालका संरक्षक पराजुलीले परियारको उपचारको लागि अर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् । सडक बालबालिकाहरुको लागि काम गर्दै आइरहेको मामाघर आफै दान,चन्दा र उपचारमा चल्ने संस्था हो ।

मामाघरमा केहिमहिनादेखि भान्सा सहयोगीको रुपमा काम गर्दै आएकी परियारलाई ब्रेन स्ट्रोक भएपछि मामाघर समस्यामा परेको छ । संस्थाका संरक्षक पराजुलीले मामाघरलाई साथ दिने र माया गर्ने सहयोगी मनहरुले परियारको उपचारमा पनि आर्थिक सहयोग गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया