बुटवलको एक होटलमा किशोरी मृत फेला, सँगै होटल पुगेका युवक फरार

बुटवलको एक होटलमा बास बस्न गएकी एक किशोरी होटलमै मृत फेला परेकी छन् । उनीसँगै गएका युवक भने सोही दिन राती नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३ मा रहेको पाल्पाली होटलको कोठामा सोही नगरपालिका २ की १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् । एक युवकको साग समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटलमा पुगेको बताइन्छ ।
युवक राती नै खान खाएको बिल तिरेर निस्किएको होटलवाले प्रहरीलाई बताएका थिए । शनिबार दिउँसो उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको खबर भएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो । बेपत्ता युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया