बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

पालिका डायरी
२६ असार २०७९, १२:११
बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

बाजुरा /  बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन्।

खातीले ३ हजार ७७४ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।

प्रतिक्रिया