नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको हेटौंडा ट्रक इकाई कमिटिको प्रथम अधिबेशन सम्पन्न

पालिका डायरी
२५ असार २०७९, २१:४५

राम कुमार दानी

हेटौंडा / मकवानपुर नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन हेटौंडा ट्रक इकाई कमिटिको प्रथम अधिबेशन शनिबार हेटौंडामा सम्म्पन्न भएको छ । संघले नबराज कार्किको अध्यक्षतामा १७ सदस्यीय हेटौंडा ट्रक इकाइ कमिटी गठन गरेको छ ।

कार्यकरममा ट्रेड युनियन महा संघ जिफन्ट केन्द्रिय उपमहासचिव गिता कार्किको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका सदस्य धर्म बस्नेतले समस्या आउँदा सङ्गठनको अति आवश्यक छ त्यसैले सबै ड्राइभर हरु सङ्गठनमा आबद्ध हुन आग्रह गरे । नारायणी संघका महासचिब सरोज खनालले सङ्गठन र चालकको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताउदै अरु जे जे प्रबिधी आए पनि सडक यातायात नै अति प्रभावकारी यातायात भएकोले सबैले सङ्गठनको जनभावना बुझेर अघि बढ्न आग्रह गरे । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रिय सदस्य राम कुमार ढुंगानाले आफ्नो हकअधिकारको सुनिश्चितताको लागि सङ्गठनमा आबद्द हुन आग्रह गरे ।

नेपाल स्वतन्त्र मजदुर सङ्गठनमा आबद्द भएर यसको सदस्य ग्रहण गरेपछी नेपालको जुन जिल्ला पुगे पनि चालकको हक अधिकारको लागि सङ्गठन तयार हुन्छ उनले भने । श्रमिकको न्याएको लागि निर्माण गरियको यो सङ्गठनको गोलघरमा आबद्द हुन सबै चालकलाई अनुरोध गरे । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बागमती प्रदेशका महा सचिब नबराज अर्यालले हिजो सङ्गठन नहुदा यातायात मजदुरहरुको सामान्ने कमि कमजोरीमा पनि अमानवीय तरिका बाट यातना दिइन्थ्यो त्यसको अन्त्य गर्न आज यो सङ्गठनको स्थापना भएकोले सबै सम्पूर्ण यातायात मजदुर यो सङ्गठनमा समाबेश हुन आग्रह गरे । आफ्नो आवाज बुलन्द गर्न संगठनमा आबद्ध हुन आग्रह गरे । उनले देशभरको यातायात मजदुर एक हुनको लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनमा आबद्द हुन पुन आग्रह गरे ।

कार्यक्रमको प्रमुख अतिथी तथा ट्रेड युनियन महा संघ जिफन्ट केन्द्रिय उपमहासचिव गिता कार्किले सङ्गठनको सदस्य नबनी सङ्गठनले केहिपनी गर्न नसकिने बताइन् । यातायात मजदुर सङ्गठन नेपालको पुर्ब मेची देखि महाकाली सम्म फैलिएको छ तर तपाईं जिफन्टको सदस्य बन्नु भएको छैन भनी तपाइँलाई परेको पिर मर्का हामिले टुलुटुलु हेर्नी बाहेक केही हुँदैन भन्दै आफ्नो हक अधिकार सङ्ग लड्नको लागि जिफन्टको अनिवार्य सदस्य बन्न आग्रह गरिन । कार्यक्रमको अध्यक्ष नबराज कार्किले खुराकिको पैसाले चालकलाइ भात खान नपुग्ने बताउदै उनले भने, सबै कुराको मूल्य बढ्छ तर मालिकहरु हामी चालकको खुराकी बढाउन खोज्दैन । सानो तिनो दुर्घटना हुँदा पनि पुलिसले ड्राइभरको गल्ती देखाएर पावर लगाएर हामी ड्राइभरको गल्ती देखाएर हामी ड्राइभरलाई कार्बाही गर्छ त्यसैले म एक्लैको केही हुँदैन त्यसैले सबै संगठनमा आबद्द भएर अगाडि बढ्न आग्रह गरे ।

प्रतिक्रिया