२० रुपैयामा बेच्न पर्ने पानी ३० रुपैयामा बिक्री यस्को अनुगमन कस्ले गर्नी ?

पालिका डायरी
२५ असार २०७९, २१:०४

राम कुमार दानी

हेटौंडा /  हेटौंडाको ब्यस्त सहर सिमाचोक नजिक टिसियन रोडमा संचालित अनमोल स्विट्स होटलले २० रुपैयामा बिक्रि गर्दै आयको एक बोतल मिनरल वाटरको ३० रुपैयामा बेच्दै आएको पाहिएको छ ।

हेटौंडामा संचालित  अनमोल स्विट्सले दिन दाहाडै  पानीमा उपभोक्ता ठगिरहेको छ तर यस्मा सम्बन्धित निकाएको भने चासो देखियको छैन । सरकारी निकाएको कर्मचारी देखि जनप्रतिनिधि सबै उक्त होटलमा पुग्छ्न तर यसरी एक बोतल पानीमा कालोबजारी गरेको कसैले देख्दैनन यो चासोको विषय बनेको छ ।

अनमोल स्विट्सले त्याहा खाजा खान आउने ग्राहकलाई अरु बाहिरी पानीनै नदिइ मान्छे टेबलमा बस्ने बितिकै सिदै मिनरल वाटर ल्याएर आगाडी राख्दिन्छ किन भनेको खास कुरो यस्तो रेहेछ । हेटौंडा बजारमा कुनै होटलमा पनि ग्राहकले मिनरल वाटर नमागी दिदैन तर अनमोल स्विट्समा अर्को पानीनै हुदैन त्यहा गएपछि बाध्यताले मिनरल वाटर खानु पर्छ तेसैमा कालो बजारी गरिरहेको छ यस्मा सम्बन्धित निकाएले कहिले थाहा पाउने एउटा खाजा पसलमा यस्तो छ भनी अरु दैनिक उपभोग्य सामानको अवस्था कस्तो होला ?

प्रतिक्रिया