शिन्जाे आबेकाे निधनमा नेपालले शनिवार राष्ट्रिय शाेक मनाउने

पालिका डायरी
२५ असार २०७९, ०८:४९

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा नेपाल सरकारले भाेलि शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे छ ।

आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले आबेकाे निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे हाे । आबेमाथि भएकाे गाेली प्रहारलाई नेपालले घाेर भर्त्सना पनि गरेकाे छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे थियाे ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे ।  गोलि प्रहार  भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे ।

प्रतिक्रिया